झापा, श्रावण ७ । भारतीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एक नेपाली युवक पक्राउ परेका छन् ।
नेपाली युवकलाई भारत घर भएकी १९ वर्षीया किशोरी जंगलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको कन्काइ नगरपालिका–४ त्रिवेणी टोलीका २२ वर्षीय सुदिप राई रहेका छन् ।
प्रहरीका अनुसार सुदिपसहित अर्का १ जना पनि रहेको बताएको छ । तर घटनामा संलग्न सुदिप पक्राउ परेपनि अर्का १ जना भने फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

