संघ \संस्था

झापाको दमकमा सुविधासम्पन्न विष्ट फ्याक्ट्री (जिम हाउस) सञ्चालनमा

विकाश घिमिरे

झापा दमक, चैत ३ । झापाको दमक स्थित फागुनन्द चौक एन.आई. सि. एसिया बैकं भएको भवनको माथिल्लो तलामा दमककै सुविधासम्पन्न विष्ट फ्याक्ट्री (जिम हाउस) फागुन २८ गते देखी सञ्चालनमा आएको छ । जसको संचालकमा फिजीयोथेरापीष्ट विनोद भट्टराई, बडिविल्डर बिशाल पौडेल र व्यवसायी सुमन गौतमले दमककै सुविधासम्पन्न व्यायमशाला विष्ट फ्याक्ट्री विधिवत रुपमा सञ्चालनमा ल्याएका छन् ।

यसैसाता सञ्चालनमा आएको उक्त विष्ट फ्याक्ट्री (जिम हाउस) दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका थिए । उत्त कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अपाध्यक्ष गोपाल गुरागाई र कार्यसमितिका सदस्यहरु, त्यस्तै दमक जेसिसका अध्यक्ष सुयोग खरेल, कानुनि सल्लाकार सन्दिप न्यैपाने र जेसिसका अन्य सदस्यहरु त्यस्तै लायन्स क्लब, व्यापारी र अन्य व्यक्तिहरुको उल्लेखिनिय उपस्थिति रहेको थियो ।

फिजीयोथेरापिष्ट भट्टराईका अनुसार जिम हलमा अत्याधुनिक उपकरणहरु रहेका छन् । दमकको विकासमा यस्ता समय अनुकुल जिम क्लवले ठूलो महत्व राख्ने सञ्चालक उनले वताए । उनले यस जिम हलमा सर्टिफाईट टेनर, लकरको सुविधा, मेडिकल गाईडेन्स, हाइजेनिक वातावरण तथा प्रविधिमैत्री जिम हल भएको वताए । सुविधासम्पन्न हलमा योगा, जुम्बा, बडिविल्डिङ्ग, सम्पूर्ण शारीरिक व्यामको लागि उपकरण तथा पर्शनल ट्रेनर जस्ता सेवा रहेको अर्का सञ्चालक सुमन गौतमले बताए । महिला र पुरुषले सिक्न व्यवस्थापन गरिएको जिममा अन्य जिमको तुलनामा स्तरिय भएको दावी सञ्चालकहरुको छ । दमकमा पछिल्ला समय व्यवसायिक रुपमा जिम हाउस खुल्ने क्रम बढ्दो रहेको छ । दमकमा आधा दर्जन बढी जिम हाउस सञ्चालनमा छन् ।

दमक जेसीजको सदस्यलाई जिममा छुट

व्यस्त जीवनमा स्वास्थ्य र व्याम सम्बन्धी युवाहरुलाई प्रेरित गराउन दमक जेसीज र जिम सञ्चालक वीच छुुट सम्बन्धी संझौता भएको छ ।
यसै साताबाट सञ्चालनमा आएको फ्याक्ट्री (जिम हाउस) वीच दमक जेसीज सदस्यहरुलाई जिममा भर्ना हुदाँ लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
जेसीजका अध्यक्ष सुयोग खरेलले स्वास्थ्य जीवनयापनका लागि व्याम उपयोगी हुने भएकाले व्याममा भर्ना हुने आफना सदस्यहरुलाई जिममा भर्ना वापत लाग्ने शुल्कमा सो छुट दिने गरि संझौता गरिएको बताएका छन् ।