बाहुण्डाँगी, १४ माघ । वातावरण सफा राखौँ आफु मात्र होइन समाजलाई पनि स्वच्छ बनाऔ भन्ने नाराका साथ नारायणगढ लेडी जेसीजद्धारा नारायणी नदी किनारमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

नारायणगढी लेडी जेसीजकी अध्यक्ष सम्झना प्रधानको अध्यक्षता तथा नारायणगढ उद्योग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । सरसफाइ अभियानमा शाखाकी निवर्तमान अध्यक्ष सकिला परियार समेत सहभागि रहनु भएको थियो । साथै शाखाका पदाधिकारीहरुको उल्लेखिय सहभागिता रहेको शाखाकी महासचिव लक्ष्मी केसीले बताइन् ।

पुष्पा श्रेष्ठ संयोजक रहेको कार्यक्रमको सञ्चालन तालिम आयुक्त अनिता श्रेष्ठ अधिकारी (अनु) ले गरेकी थिइन् ।

