संघ \संस्था

पाटन जेसीजद्धारा “न्यानो अभियान’ को सुरुवात

बाहुण्डाँगी माघ, १४ । बाहुण्डाँगी माघ, १४ । पाटन जेसीजद्धारा मंगलवारबाट न्याने अभियानको सुरुवात गरिएको छ ।
मुदिता सेवा गृहका बेद्धबृद्धाहरुलाई जाडो मौसममा न्यानो स्नान गर्न सहज होस भन्ने उदेश्यले २०२१ को पहिलो चरणको अभियान सुरु गरिएको हो ।
मुदिता सेवा गृहका बेद्धबृद्धाहरुलाई जाडो मौसममा न्यानो स्नान गर्न सहज होस भन्ने उदेश्यले यो अभियान सुरु गरिएको हो । जसमा शाखाको तर्फबाट एक थान ग्यास गिजर तथा त्यहाँ रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरयण गरिएको थियो ।


शाखाका अध्यक्ष जाज्वल्य मान जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा गृहकका संस्थापक अध्यक्ष राज्यलक्ष्मी बर्जचार्यलाई उक्त सामाग्री हस्तान्तरउण गरिएको हो । कार्यक्रमको सरुवात नेपाल जेसीज २०२१ का कार्यकारीणी उपाध्यक्ष तथा शाखाका पूर्व अध्यक्ष सुमनकृष्ण श्रेष्ठले गरेका थिए ।


दिगो विकास लक्ष्यहरु सहश्राब्दी विकास लक्ष्य हरुका केवल विस्तारित रूप मात्र नभएर यिनीहरूले असमानता र मानव अधिकार जस्ता जटिल मुद्दाहरु सम्बोधन गर्न पनि खोजेका छन्। नेपालको सन्दर्भमा त्यस्ता लक्ष्यहरु प्राथमिकतामा पर्दछन जसले समावेशी आर्थिक वृद्धि गर्ने, सुदृढ सामाजिक संग्रक्षण गर्न का साथै विपद् जोखिम न्यूनीकरण गर्ने सामर्थ्य राख्दछन। केही दिगो विकास लक्ष्यहरुका परिमाणात्मक लक्ष्य हरु नेपाल का निम्ति काम सान्दर्भिक छन् भने मुलुकगत चुनौतीहरुलाई सम्बोधन गर्न नयाँ लक्ष्यहरु आवश्यक पनि हुन्छन् ।

दिगो विकास लक्ष्यहरुमा १७ ओटा लक्ष्य रहेकाछन ती मध्ये (राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर) पनि एक हो। यस लक्ष्य ले विशेष गरी सबै उमेर समूहका स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवन स्तर प्रवर्द्धन गर्ने विषय मा जोड दिन्छ । सोही अनुरुप शाखाले यो अभियानको सुरुवात गरेको हो । शाखाले यस अभियानलाई जाडो मौसमअवधीभर सञ्चालन गर्ने अध्यक्ष जोशीले बताउनु भयो । अक्षय बोकीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा शाखाकी निवर्तमान अध्यक्ष डेजी नापितको समेत सहभागिता रहेृको थियो ।