मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी चयन भएका छन् ।
मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले आगामी ४ वर्षे कार्यकाल (२०८० साउन – २०८४ असार) का लागि सञ्चालक समितिको अध्यक्षमा सिवाकोटीलाई सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकासप्रसाद उप्रेती र सहसचिवमा अम्बिकाप्रसाद ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सावित्रा दाहाल, दुर्गाप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्ता खनाल, तोमप्रसाद भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली चयन भएका छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल तथा सदस्यमा फाल्गुनी दाहाल र एकेन्द्र उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

