काठमाण्डौं, भाद्र ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक संचलन गरेका छन् । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले बैठक संचालन गरेका हुन् ।
आजको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फ्रेन्स सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन् र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् ।

