शिक्षा

विश्व वातावरण दिवसमा कनकाई-३ को हरिकुल नमूना माविले कार्यक्रम गर्ने

चन्द्र बस्नेत
कनकाई ।
विश्व वातावरण दिवस २०८० को अवसर पारेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गर्ने भएको छ।

विश्व वातावरण दिवस यस वर्ष २०८० जेष्ठ २२ गते पर्सी सोमबार परेको छ। “प्रकृति सँग हाम्रो सम्बन्ध: रही रहोस् अनन्त वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी पनि हो भन्ने भनाईलाई सार्थकता बनाउन कार्यक्रमको आयोजना हुने भएको हो। बिश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरि बदलिँदो तापक्रम लाई न्यूनीकरण गर्ने उद्देश्य राखी बृक्षारोपण गरौं “एक बृक्ष सय पुत्र समान”हो भन्ने भनाईलाई सार्थकता बनाउन पनि कार्यक्रमको आयोजना गर्न लागिएको प्रवन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो ।

बालवालिकालाई वातावरण सम्बन्धि जानकारी गराइ भावीदिनमा पर्यावरण, वातावरण जोगाउन सकिन्छ भन्ने उदेश्यले वृहत सचेतना सहितको कार्यक्रम हुने प्रवन्ध निर्देशक थापाले बताउनुभयो। कार्यक्रममा वातावरण संरक्षका बारेमा विभिन्न सचेतना मुलक कार्यक्रम ,चित्र र लेखहरुसहितको र्याली गरिने प्रिन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो ।

विद्यालयमा अहिले संचालक समिति परिवर्तन भएसगै विद्यालयको मुहारनै फेरिएको छ। प्ले ग्रुपबाट हाल प्लस टु सम्म पढाई हुने विध्यालयमा बिहान , दिउसो र बेलुका गरि छुट्टाछुट्टै कक्षा संचालन हुने गरेको छ। विध्यालयले पढाईका साथसाथै विभिन्न अतिरिक्त किर्याकलावलाई प्राथमिकतामा राखेसगै अधिकांस अविभावकको पहिलो रोजाईमा विद्यालय पर्न सफल भएको हो।

विद्यालयमा अहिले सुविधा सम्पन छुट्टाछुट्टै भवन , हरेक कक्षाकोठामा स्टेन , सिलिङ तथा वाल फेनको व्यवस्था , डेक्स बेन्चमा गर्मीमा समस्या हुने भन्दै एक विध्यार्थी एक कुर्सीको व्यवस्था , व्यस्थित क्यान्टीनको सुविधा , अनुभवी शिक्षक रहेका कारण पनि अविभावकको मुख्य रोजाईमा पर्ने गरेको अधिकाश अविभावकको भनाई छ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरुमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो ।

विध्यालले पढाईका साथसाथै हरेक शुक्रबार ई. सि. ए . अन्तर्गत विध्यार्थीको रोजाई अनुसारको सिकाई सिकाउने गरेको संचालक साजन थापाले बताउनुभएको छ। विशेष गरेर विध्यालले पढाई सगसगै वाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विध्यालयबाट नै सिकाउने गरेको प्रवन्ध निर्देशक थापाले बताउनुभयो ।

लामो समय विदेशको शिक्षण सिकाई अब आफ्नै ठाउँमा लागू गर्न लागिपरेको भन्दै उहाँले बालबालिकाहरु भविस्यका कणधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखीएको र त्यही अनुसार विध्यालयले शिक्षण सिकाई गरिरहेको व्यवस्थापक राजु थापाले बताउनुभयो ।
विध्यार्थीहरुले विभिन्न समयमा वृक्षा रोपण , विज्ञान् प्रदशनी , विभिन्न स्थानको सरसफाइ , डस्विन वितरण ,विभिन्न कार्यक्रममा विध्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भहरुमा विद्यार्थीहरुलाई भुगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विध्यार्थीलाई सहभागी गराउने गरेको प्रवन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

यता केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका अधिकांश पालिकाले विद्यालय बिदा दिएको छ्न। सोही सन्दर्भमा कनकाई नगरपालिकाले समेत एक दिन शुक्रबार हिजो बिदा दिएको थियोे ।

गर्मीले जनजीवन प्रभावित भएका बेला नगरले दिएको बिदामा २२ गतेकै कार्यक्रमका लागि विद्यलाय सन्चालन भएपछी चर्चाको विषय बनेको थियो। सोही विषयमा अधिकाश अविभाकले भने वर्षमा चार पाँच महिना गर्मीहुने भएकाले बिदा दिएर नानीहरूलाई घरमै राख्नु भन्दा विद्यलायमा नै उनिहरु सुरक्षित हुने भएकाले विद्यलाय बिदा दिन नहुनेमा जोड दिएका छन्।

अत्यधिक गर्मीका कारण घरमा बस्ता बरु नानीहरू बढी घर बाहिर कुद्ने , कतिपय विद्यलाय भन्दा घरको अवस्था दयनीय भएकाले स्वास्थ्यमा समेत असर पुग्ने भन्दै विद्यलाय संचालन गर्नुपर्नेमा जोड दिएका हुन।

यता कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भने विद्यलाय बिदा गर्नु समस्याको समाधान नहुने भएकाले नगरमा रहेका २० वटा नीजि र १४ वटा सामुदायिक विद्यालयहरु मध्ये पछिल्लोपटक हरिकुल विद्यालय नमूना बन्दै सबैको सिकाईको केन्द्रविन्दु बन्दै गएको बताउनुभएको छ।

उहाँले नगरमा रहेका निजि विद्यालयले नानीवावुको स्वास्थ्य प्रती गम्भीर बनेको र त्यतिकै लागि परेको भन्दै भोलिनै आफू विद्यालयको अनुगमनमा निस्कने र धेरै जसो सामुदायिक विद्यालयमा पनि खाने पानी , फेनको व्यवस्था , सौचालय आदिको समस्या भए तत्काल नगरमा खबर गर्न आग्रह गर्नुभयो ।उहाँले नगरमा भएका विद्यालयमा केही समस्या भए खवर गरे सोही समयमा आफुले त्यसको व्यवस्थापन गर्ने प्रतिवधता पनि जनाउनु भयो। उहाँले सबै बालबालिका , अविभाक , व्यवस्थापन समितिका साथै सरोकारवालाहरुलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।