झापा । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा येलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको छ । बाल मैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बाल क्लब गठन गरिएको हो ।

नवगठित क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी,सह-सचिव-दिप्सिखा दास ,कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका छन् ।यस्तै समितिका सदस्यहरूमा यादव मिश्र,इशान्त भट्टराई,स्तुति रसाइली ,सोमनाथ चापागाई,अग्रिम खरेल, प्रिया भण्डारी,विवश खतिवड़ा,रोस्ना राजवंशी,पुजा राजवंशी,पूजन मगर,सृष्टी दाहाल र कृतिका पौडेल रहेका छन् ।

आइतबार वीर अमरसिंह माध्यमिक बिद्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकालाई बाल मैत्री बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले आगामी आर्थिक बर्ष बाट यस्ता अभियान लाई पुणता दिन नितिगत ब्यबस्था गर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा वीर अमरसिंह माध्यमिक बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी ,जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्रले शुभकामना राख्नु भएको थियो ।
कार्य पालिका सदस्य सर्मिला त्रिखत्रीले स्वागत गरेको कार्यक्रममा जनप्रतिनिधि तिला गौतम ,ओमनाथ गौतम ,चेतन बिमली ,सर्मिला राजबंशी ,हल्दिवारी बाल संजाल अध्यक्ष पवन गिरि ,सुशान्त बुढाथोकी ,बाल क्लब फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । वडाध्यक्षले पौडेलले बालबालिकाको बिकासका लागि वडा कार्यालय निरन्तर कृयाशिल रहने बताए । बालबालिकाको समस्या लाई नजिक बाट नियाल्दै सम्बोधन गर्ने बाताबरण निर्माण गर्ने बताउनु भयो ।

