राजनीति

पत्रकार महासंघ झापाले सदस्य सुदृढीकरणमा मापदण्ड मिचेर आफुखुसी गरेको चौतारीको आरोप

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापाले आपत्ति जनाएको छ ।

महासंघले सदस्य सुदृढीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट बताउँछन् ।

उनले पत्रकार महासंघ झापा शाखाले गरेको कार्यकाे विरुद्ध प्रेस चौतारी जिल्ला संगै कोशी प्रदेश समितिले पनि साथ दिइएको बताए । साथै महासंघ झापा शाखा नसच्चिए त्यसको शसक्त प्रतिकार गर्ने उनले बताए ।

अत्यन्तै पुर्वाग्रही ढंगले ,राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम सुदृढीकरणकालागी सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा अहिले पत्रकार महासंघ झापा शाखाको बिरूद्धमा आन्दोलित छ ।

चौतारीले आफ्नो मागको बेवास्था गरे चरणबद्ध आन्दोलन गर्ने र ती आन्दोलन जस्तो पनि हुन सक्ने चेतावनी दिइएको छ । आन्दोलनमा अहिले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य, केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रदेश अध्यक्ष अविजित बिष्ट, प्रदेश सदस्य अर्जुन कार्की, रमेश तिवारी, जिल्ला अध्यक्ष मनकुमार गदाल, उपाध्यक्ष प्रदिप परियार, सचिव प्रकाश पौडेललगायतले नेतृत्व गरिरहेका छन् ।