विविध

पुर्व सांसद मैनालीमाथि दुर्व्यवहार गरि ओली फरार

मेचीनगर । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद श्रीप्रसाद मैनालीलाई एक व्यक्तिले दुर्व्यवहार गरेका छन् ।

आज द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा मैनालीलाई एमाले जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका हुन् ।

कार्यक्रममा अतिथिका रूपमा गएका एमाले नेता तथा पुर्व प्रदेश सांसद मैनालीलाई ओलीले आक्रमण शैलीमा हातपात गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

ओलीले पाँच बर्ष अघि बसको टिकट काउन्टर नदिएको भन्दै मैनाली माथि हातपात गरेको बुझिएको छ । तर, त्यस समय ओली कुनै यातायात व्यवसायी संघमा आबद्ध नभएका कारण टिकट काउन्टर नपाएकाे हुन् ।

दुर्व्यवहार भए लगत्तै मैनालीले प्रहरीलाई जानकारी गराएका थिए । अहिले ओली भने फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेकाे जनाएको छ ।

यता एमालेले पनि ओलीको कार्यशैली गलत भएको भन्दै भोलि बिहान पार्टीको आकस्मिक बैठक बसी कार्वाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।