समाचार

हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाण्डौँ, श्रावण १२ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १२ बर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ गरेको छ ।
२०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गरेर फरार राजेश लामालाई १२ वर्षपछि पक्राउ गरेको हो । राजेशलाई यही १० गते काठमाण्डौंबाट पक्राउ गरिएको व्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले जानकारी दिए ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राजेश र सुनिताबीच विवाहको विषयलाई लिएर विवाद भएको थियो । राजेशले विवाहको प्रस्ताव राख्दा सुनिताले अस्वीकार गरेका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको शाहीले बताए।

Leave a Reply

Your email address will not be published.