मेचीनगर । मेचीनगर १५ का स्वर्गीय देबेन्द्र रिजालको साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्तक सोमवार लोकार्पण हुँदैछ । स्वग्रीय रिजालको १३ औँ पुण्य तिथिको अवसर पारेर परिवारले सोमवार उक्त पुस्कत लोकार्पण गर्ने तयारी गरेको हो । एक वर्ष अघिदेखि विरामी भएर थलिएका रिजालको गत असार १३ गते निधन भएको थियो ।

रिजालले आफु विरामी भएको समयमा पुस्तक लेखेका थिए । विभिन्न कविता, जीवनी तथा यात्रा स्मरणलगायतका विषयहरु समेटिएको पुस्तक छाप्ने तयारी गर्दै गर्दा उनको निधन भएको थियो । बुबाको इच्छालाई पुरा गर्न उहाँकै १३ पुण्य तिथिको दिन लोकार्पण गर्न लागिएको जेठा छोरा सुभाष रिजालले बताए । पुस्कतक घर छेउमै रहेको प्रणामी मन्दिरमा लोकार्पण हुनेछ ।
२००७ साल फागुण २५ गते भारतको आसाममा जन्मिएका रिजाल २०३९ सालदेखि मेचीनगर १५ ज्यामिरगढीमा बस्दै आउनु भएको थियो । सामाजिक तथा बौद्धिक व्यक्ति रिजाल विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्नु भएको थियो । उहाँकी जेठी श्रीमती सरस्वती रिजालको २०६४ सालमा निधन भएको थियो । हाल उहाँकी श्रीमती गीता रिजाल, ३ छोराहरु सुभाष, नविन र गुलाब रिजाल रहेका छन् ।

