स्वास्थ्य

झापामा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि

झापा, भदौ २२ । सोमबार झापामा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा कनकाई नगरपालिकाका १३ जनामा १२ जना स्थानीयबासी र एक जना भारतबाट आएका रहेका छन्।

त्यस्तै बाह्रदशी गाउँपालिकाका १ जना अटो चालकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा विर्तामोड नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। उनको स्थायी ठेगाना उर्लाबरी भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।