अर्थ स्वास्थ्य

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने गुरुङ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई हत्याको धम्की दिई फिरौती रकम माग गरेकाे अभियाेगमा एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने रमेशकुमार गुरुङलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ।

सिआइबीका अनुसार खोटाङको राहबेँसी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्दै आएका ४० वर्षीय गुरुङले प्रसाईंसँग ३० करोड रुपैयाँ फिरौती मागेका थिए।

गुरुङले असार १३ गतेदेखि प्रसाईंलाई प्रवेश लामाको नामबाट हत्याको धम्की दिँदै फिरौती मागेकाे बताइएको छ। फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको सिआइबीले जनाएको छ।