मेचीनगर । मेचीनगर–१० स्थित धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगर कमिटिले त्यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार हिजो दिउँसो मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते बनेका ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि राप्रपा मेचीनगरले एक विज्ञप्ती निकाल्दै दोषिलाई हदै सम्मको कार्वाहीको माग गरेको छ ।

पढ्न गएका लिम्बु सेफ्टी ट्यांकीमा डुबेर शक्त घाईते बनेपछि उपचारको लागि हिजो नै बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । सेफ्टी ट्यांकीमा लामो समय डुब्दा उनको टाउकोमा पानी जमेको थियो भने निमोनियाले समेत ग्रस्त पारेको चिकित्सकले बताएका थिए । यसरी पढ्न गएका ससाना बालबालिकाहरुलाई मन्टेश्वरीको लापरवाहीका कारण यस्तो ठुलो घटना घटेको राप्रपाले आरोप लगाएको छ ।
विज्ञप्तीमा भनिएको छ, यस घटनामा सञ्चालक त दोषी हुँदै हुन तर बालबालिकाको जीवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संस्थानहरुको निगरानी राख्ने जिम्मेवारी पाएकाहरू सबैभन्दा धेरै दोषी छन् ति जिम्मेवार प्राप्त निकाय र जिम्मेवारी प्राप्त व्यक्तिले यसको जिम्मेवारी सहितको स्पष्टीकरण दिनु पर्छ । हेर्नुहोस् राप्रपा मेचीनगरले जारी गरेको विज्ञप्ती


