राजनीति

युवा विद्यार्थी एक सय रुपैयाँ अभियानद्वारा सुरक्षाकर्मीलाई सहयोग

झापा, बैशाख २४ । युवा विद्यार्थी एक सय रुपया अभियान मेचीनगरले सिमामा रहेर देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई खाद्य सामाग्री सहयोग गरेको छ ।

सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी संगठन मेचीनगरद्वारा सञ्चालित युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले देश र जनताको सुरक्षका लागि सिमामा अस्थायी रुपमा टहरा बनाएर खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक सय केजी चिउरा र पन्द्र काटुन चाउचाउ वितरण गरेको राष्ट्रिय यूवा संघ नेपाल मेचीनगर कमिटि प्रचार विभाग प्रमुख ओम तिम्सिनाले जानकारी दिए ।

नेकपाका नेता टिका मग्रान्तीको नेतृत्वमा अभियानले बुधबार खाद्ययन्न सामाग्री ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख राजेन्द्र पोखरेल र सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमुख ज्ञानमणी पौडेललाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा मेचीनगर सदस्य सन्तोष मेचे, राष्ट्रिय यूवा संघ नेपालका नेता रविन ओझा, विनोद मण्डल, दिपक तामाङ, राजु निरौला, आशिष गिरी, दिपक घिमिरे, सञ्जय तामाङ, अनेरास्ववियूका सन्तोष धमला, आशिष पौडेललगायतका यूवा तथा विद्याथीनेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.