मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी माथी हातपात भएको छ । आज नगरपालिकाको लेखा शाखामा कार्य सम्पादन गरिरहेका लेखा अधिकृत चक्रपाणी खनाल माथि मेचीनगर-१० निवासी
पूर्व मेचीनगरका मेयर कल्याण खड्काले हातपात गरेका हुन् ।

त्यस्तै असार २६ गते मेचीनगर-१० वडा कार्यालयमा कार्यरत कार्यलय सहयोगी रोहित प्रसाद लुईटेल माथि कार्यालयमा काम गरिरहेको अवस्थामा सोहि वडा बस्ने मिलनराज प्रसाईले गालीगलौज सहित ज्यान मार्ने सम्मको धम्कि दिएका थिए ।
यसरी कर्मचारी माथी धाकधम्की र हातपात गर्नु गलत कार्य रहेको मेचीनगर नगरपालिका कर्मचारी एशोसिएसनको अध्यक्ष रविनशन थापामगर बताउँछन् । उनले भने, खड्काले लेखा शाखाको कार्यकक्ष भित्र प्रवेश गरी खनालमाथी एक्कासि हातपात गर्नु अनि प्रसाइले तल्लो तहका कर्मचारीलाई धाकधम्की दिने विषय प्रति मेचिनगर नगरपालिका कर्मचारी एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ ।
आर्थिक बर्षको अन्तिम समयमा पालिकाहरुले विकास निर्माणलगायत कार्य सम्पन्न विविध गतिविधिका अन्तिम भुक्तानी दिने गर्दछन् । त्यसमा पनि संघ र प्रदेशबाट आएका बजेटको भुक्तानी अनिर्वाय रुपमा नै आर्थिक बर्षको तोकिएको समयसम्ममा दिनु पर्ने प्रावधान छ । उक्त समयमा रकम भुक्तानी नदिए रकम फ्रिज भएर जाने हुँदा त्यसलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने हुन्छ लेखा अधिकृत चक्रपाणी खनालले भने, सम्भव भए सबैको नभए स्थानीय तहको समय थप गरेर दुई तीन दिनमा पनि भुक्तानी दिन मिल्ने हुँदा लेखा शाखाले संघ र प्रदेशलाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो । सोहि क्रममा खड्काले आफ्नो काम नगरेको भन्दै हातपात गरेको बताए ।
यता मेचीनगरका निर्माण व्यवसायी खड्काले वडा नम्बर ५ को कार्यालयको काम सकेको एक महिना भयो’, एक हप्तादेखि चेकका लागि ताकेता गरे । १६ लाख भुक्तानी पाउन थियो । अझै चेक नबनाएका कारण आक्रोस आँउदा ढेकालेको हुँ ।’
कार्यालयको सेवामा तोकिएको काम, कर्तव्य जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेका कर्मचारीहरु माथि आफ्नो व्यक्तिगत आवेश पोख्ने, गालि गलौज गर्ने, हातपात गर्ने जस्ता अवान्छित र अमर्यादित क्रियाकलापको बिरुद्धमा नेपाल नगरपालिका कर्मचारी एसोसियसनले विज्ञप्ती निकालेको नेपाल नगरपालिका कर्मचारी एसोसियसन कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलले बताए ।
उनले अवान्छिन र अमर्यादित क्रियाकलापमा संलग्न व्यक्तिहरु माथि प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही माग गर्दै कर्मचारीहरु लाई आफ्नु जिम्वेवारी सहजतापूर्वक पुरा गर्ने वातावरण तयार गरिदिन भन्दै विज्ञप्ती मार्फत सम्वन्धित सवैमा अपिल गरिएको बताए ।


