राजनीति

युवा संघ नेपालको वृक्षारोपण जारी

बाहुण्डाँगी । युवा संघ नेपालको एक युवा ५ विरुवा भन्ने अभियानका साथ सुरु भएको वृक्षारोपण जारी छ ।

केन्द्रीय निति अनुसार सुरु भएको उक्त अभियानले संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने मुल नाराका साथ एक महिने वृक्षारोपण अभियान सुरु गरेको हो । जस अन्तगर्त जामुनखाडी सामुदायिक वनबाट झापा जिल्ला समितिले सुरु गरेको अभियान अन्तर्गत मंगलवार मेचीनगर ८ को पालिया पुल तटमा वृक्षारोपण गरेको हो ।

विभिन्न जातका १ सय ५० विरुवाहरु रोपिएको प्रदेश कमिटि सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज रघु धिमाललेब बताए । सब डिविजन वन कार्यालय धाइजनको प्राविधिक सहयोगमा भएको उक्त वृक्षारोपणमा शिरिष, खमारी, टिक, राजविर्से, सुपारी जातका विरुवाहरु रोपिएको धिमालले बताए ।

अभियानमा राष्टिय युवा संघका जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ इन्र्जाज सरोज मेहेरा, युवा संघ वडा नम्बर ८ का अध्यक्ष तेजन राजवंशी, स्थानीय अर्जुन पोखरेल, राजेनद्र इदिङ्गो, विभिन्न कार्यकर्ता तथा मेचीनगरका स्थानीय युवाहरुको उल्लेखिय सहभागिता रहेको थियो । अभियान अन्तर्गत सबै वडाहरुमा यो अभियान सञ्चालन हुने बताइएको छ ।