झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्लाका पन्द्रवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको चार स्थानीय तहमा सहमति र एघार वटा स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।
सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । त्यस्तै मेचीनगर, भद्रपुर, अर्जुनधारा, विर्तामोड, कनकाई, शिवसताक्षी, दमक, गौरादह नगरपालिका तथा बाह्रदर्शी, कमल र गौरीगञ्ज गाँउपालिकामा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।
शनिवारबाट सुरु भएको पालिका अधिवेशनमा पहिलो दिन सागिरथ गणेश झापा, तुलाराम अधिकारी कचनकवल, गंगा प्रसाई हल्दिबारी र चक्र शेमा बुद्धशान्ति गाउँपालिका गरेर चार स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो ।
त्यस्तै दोस्रो दिन आइतबार सुदय पनेरु मेचीनगर, राम बहाडुर कँडेल भद्रपुर, हेमराज खरेल अर्जुनधारा, भोजराज सिटौला विर्तामोड, दूर्गाप्रसाद प्रसाई कनकाई, अशोक बस्नेत शिवसताक्षी, प्रकाश प्रसाई दमक, यादबराज सेडाई गौरादह नगरपालिका तथा इन्द्र बस्नेत बाह्रदर्शी, बुद्धिराज न्यौपाने कमल, र अघनुप्रसाद राजबंशी गौरीगञ्ज गाँउपालिका गरेर एघार स्थानीय तहमा चुनावबाट नेतृत्व चयन गरिएको नेपाली काँग्रेस झापाले जनाएको छ ।


