अर्थ

मेचीनगर : भोलिदेखि सामाजिक सुरक्षा भत्ता सोझै सम्बन्धित लाभग्राहिको खातामा जम्मा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सामाजिक सुरक्षा वापतको रकम सोझै सम्बन्धित लाभग्राहिको खातामा जम्मा गर्दिने भएको छ ।

नगरपालिकाले प्रथम त्रैमासीक निकासा (साउन, भदौं र असोज) महिनाको पन्द्र हजार ३६७ जनाको जम्मा रकम सोह्र करोड बाउन्न लाख उनानब्बे हजार तीन सय एक रुपैयाँ आज बैकमा पठाईएको मेचीनगर लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।

उनले आज नै नगरपालिकाको तर्फबाट सामाजिक सुरक्षा प्राप्त गर्ने लक्षित वर्गको भत्ता सिधै इएफटी मार्फत आफ्नो बैक खातामा जम्मा हुनेगरी पठाइ सकेको जानकारी दिए ।

उनले नयां प्रबिधि मार्फत रकम पठाईएको ले भोलि देखि सबैको खातामा रकम जम्मा हुनुपर्नेमा छुट्न गए तुरुन्त रमक जम्मा नहुने लाभग्राहिले सम्बन्धित बैक (नाम, खाता नम्बर नमिलेको) आदि कारण नगरपालिकाको पंजिकरण शाखा र लेखा शाखामा सम्पर्क गर्नपनि आग्रह गरेका छन् ।