संघ \संस्था

प्याब्सन कमलको चाडपर्व लक्षित शुभकामना आदान प्रदान

कमल । विजय दर्शै, दिपावली तथा छैट पर्वको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न कमल प्याब्सनको शुभकामना आदानप्रदान कार्यक्रम गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा रहेको थियो । त्यस्तै उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।

प्याब्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन झापा अध्यक्ष गौरिमान फागो, सदस्य युवाराज बराल र तिलोचन गौतम, फाल्गुनन्द टोल विकास संस्थाका अध्यक्ष सेलिना राई, समावेशी महिला सशक्तीकरण केन्द्रकी अध्यक्ष पूर्णिमा फागो, निवर्तमान अध्यक्ष गौरा चापागाईं , प्रहरी चौकी केर्खाका इन्चार्ज रामकाजी कटुवाल, क्याम्पा प्रहरी चौकीका ईन्चाज डम्बर गौतम लगायतको आतिथ्यता रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमको सहजीकरण प्याब्सन कमलका सचिव दीपक सङ्ग्रौलाले गरेका थिए ।