संघ \संस्था

प्याब्सन मेचीनगरको चाडपर्व लक्षित शुभकामना आदान प्रदान

मेचीनगर । विजय दर्शै, दिपावली तथा छैट पर्वको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मेचीनगरले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार धुलाबारीमा सम्पन्न मेचीनगर प्याब्सनको चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा आयोजक समितिकाे पदाधिकारीसहित मेचीनगरका सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रूचाल, कोषाध्यक्ष कमल भेटवालल, विजय भट्टराई, पदम रुचालगायतका पदाधिकारीको सहभागिता रहेको थियो भने, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, पुर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, मेचीनगर सञ्चार प्रतिष्ठानका सचिव प्रकाश पौडेल, मेचीनगर प्रेस संयोजक युवराज आचार्य, सञ्चारकर्मी खगेन्द्र घिमिरे, नवराज सुवेदी र गगन ढकालको सहभागीता रहेको थियो ।