झापा । साच्चै चाडपर्व भनेका हाम्रा अमूल्य संस्कृति, मूल्य मान्यता र संस्कार हुन् । चाडपर्वहरु वढी भड्किलो र खर्चिलो हुनु हुदैन, सवैले धान्न र मान्न सक्ने हुनुपर्दछ । सामाजिक सद्भाव वढाउने, मेलमिलाप वढाउने र सामाजिक मूल्य र मान्यतालाई संगठित वनाउने हुनु पर्दछ ।
यसमा देखिएका विकृतिहरुलाई हटाउदै लानु पर्दछ । बिशेषगरी दशै तिहारलगायतका चाडपर्वहरुमा जाडरक्सीको सेवन वढी हुने, खसीवोका, भैसीराँगा, सुङ्गुर बङ्गुर, लगायतका पशु तथा कुखुरा हाँस, परेवालगायतका पंक्षीहरुको काटमार वढी हुने गर्दछ । जुवातासवढी खेलिने प्रवृत्ति वढ्दै गएकाले पनि फजुल खर्चलाई वढाएको छ ।
त्यस्तै लुटपाट, झैगडा र सवारी दुर्घटनाले पनि चाडपर्वहरुलाई खल्लो वनाउदै लगेका छन् । यसले गर्दा जनधनको क्षतिलाई समेत वढाएको छ । यस्ता सामाजिक विकृति, विसंगतिहरु बर्षेनी वढ्दै गएको छ ।
यसलाई नरोक्ने वा निर्मुल पार्दै नलैजाने हो भने, निकट भविष्यमा नै नेपालीलाई एकसुत्रमा बाध्ने महान पर्वहरुको अस्तित्व र महत्व कम हुनुका साथै सामाजिक एकता समेत खल्बलाउने खतरा बढ्दै जाने देखिन्छ । तसर्थ अब सबै नेपाली एक भएर आ आफ्नो क्षेत्रबाट लाग्नु अनिवार्य छ ।
२०८० सालको वडादशै, शुभदिपावली, छैट र नेपालसम्बत् को अवसरमा सम्पूर्णमा कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालि द्वारा सञ्चालित हाम्रो खबरपाटी डटकमको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

