अन्य

आज यस्तो रहनेछ तपाईंको राशिफल

झापा । आज २०८० साल कार्तिक ११ गते शनिबार यस्तो रहनेछ तपाईंको राशिफल ।

मेष–स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन

वृष–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ साथै बादविवाद हुन सक्छ ।

मिथुन– शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ ।नया कामको सुरुवात खासै राम्रो छैन ।

कर्कट– भौतिक सुख सुबिधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ ।

सिंह–आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ ।परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ ।

कन्या– पेटको खराबीले सताउला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला ।

तुला–आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ ।

वृश्चिक– व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन ।आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ ।

धनु–मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला ।

मकर–नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला ।

कुम्भ –सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् ।

मीन–कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ ।

ज्योतिषी पं श्री सीताराम तिमल्सेना, श्रीहरि भक्ती फाउन्डेसन नेपाल सम्पर्क नं 9844639228/9818234776