खेलकुद

झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको उपचारको क्रममा निधन

बिर्तामोड । झापाका अग्रज फुटबल रेफ्री लोकराज ढुंगानाको उपचारको क्रममा आज निधन भएको छ ।

एन्फा रेफ्री ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । उनको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघको पूर्ववरिष्ठ उपाध्यक्ष तथा हाल कोशी प्रदेश फुटबल रेफ्री संघको सदस्य थिए । झापा टुडे