संघ \संस्था

प्याब्सन कमलको सांस्कृतिक कार्यक्रम सम्पन्न

कमल। प्याब्सन कमलले आफ्नो बार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन कमलले मंसिर १४ र १५ गते दुई दिन कमल गाउँपालिका स्तरिय प्याब्सन सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन कमलले सांस्कृतिक कार्यक्रम अन्तर्गत सिनियर / जुनियर गायन, मोर्डन, राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिताहरू सञ्चालन गरेको संयोजक त्रिलोचन गौतमले जानकारी दिए ।

नृत्य तथा गायनमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सहभागी बिद्यार्थीको प्रतिभा फरक फरक हुने हुँदा बिद्यार्थीहरूको क्षमता र प्रतिभाको मुल्याङकन गरी प्रथम, दोस्रो र तेस्रो हुने स्कूल तथा सहभागीहरूलाई ट्रफि, मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिएको कमल प्याब्सन अध्यक्ष वदीराम राईले बताए ।

कमल गाँउपालिका भरिका १९ वटा संस्थागत विद्यालको सहभागिता रहेको सांस्कृतिक कार्यक्रमको उद्घाटन बिहीबार कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले गरेकी थिइन् ।

उद्घाटन शत्रको कार्यक्रममा विशिष्ट अतिथि प्याव्सन जिल्ला कार्यसमिति झापाका कोषाध्यक्ष अमृत तिम्सिना, विशेष अतिथि एन-प्याव्सन जिल्ला सदस्य हजेन्द्र बस्नेतलगायतको आतिथ्य रहेको थियो । कार्यक्रम सञ्चालन सचिव दिपक संग्रौलाले गरेका थिए ।

१४ गतेकाे प्रतियोगितामा जुनियर गायन तर्फ पहिलो : विद्यासदन बोर्डिङ स्कूल कमल-२, दोस्रो : निहारीका बोर्डिङ स्कूल कमल-३, केर्खा र तेस्रो : स्टार बोर्डिङ स्कूल कमल-५, पाडाजुङ्गी भए । सिनियर गायन तर्फ पहिलो : फोनिक्स बोर्डिङ स्कूल कमल-४, दोस्रो : निहारीका बोर्डिङ स्कूल कमल-३, केर्खा र तेस्रो : स्टार बोर्डिङ स्कूल कमल-५, पाडाजुङ्गी भएको थियो ।

त्यस्तै मोर्डन नृत्य तर्फ पहिलो : लालिमा आवासिय विद्यालय कमल-३, केर्खा, दोस्रो : स्टार बोर्डिङ स्कूल कमल-५, पाडाजुङ्गी र तेस्रो : निहारीका बोर्डिङ स्कूल कमल-३, केर्खा भए । विजेताहरूलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै १५ गते भएको कार्यक्रममा राष्ट्रिय नृत्य तर्फ : पहिलो : निहारीका बोर्डिङ स्कूल कमल-३, केर्खा , दोस्रो : फोनिक्स बोर्डिङ स्कूल कमल-४ र तेस्रो : पाथिभरा बोर्डिङ स्कूल कमल-२, क्याम्पा भए ।

साँस्कृतिक नृत्य तर्फ : पहिलो : निहारीका बोर्डिङ स्कूल कमल-३, केर्खा, दोस्रो : फोनिक्स बोर्डिङ स्कूल कमल-४ र तेस्रो : लालिमा बोर्डिङ स्कूल कमल-३, केर्खा भए । उनीहरूलाई सभाध्यक्ष : बदिराम राई, समापन सत्रका प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष हुकुमसिं राई, विशिष्ट अतिथिहरू कमल १ नं. वडा अध्यक्ष केदार कटुवाल, ३ नं. वडा अध्यक्ष अग्नीप्रसाद कोईराल, ४ नं. का.वा. वडा अध्यक्ष नविन राई, ७ नं. वडा अध्यक्ष पृथ्वीपती राई, भवानी पाठक सह-सचिब, जिल्ला प्याव्सन, गणेशकुमार श्रेष्ठ जिल्ला सदस्य, युवराज बराल जिल्ला सदस्य, हजेन्द्र बस्नेत जिल्ला सदस्य एन-प्याव्सनलगायतका अतिथिहरूले विजेताहरूलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

स्वागत मन्तव्य कार्यक्रम संयोजक त्रिलोचन गाैतमले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव दिपक संग्रौलाले गरेका थिए ।