शिक्षा

प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा

बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उल्लेख्य सहभागिता छ ।


सोमबार मेचीनगरका नगर शिक्षा अधिकारी होम भण्डारीले कार्यक्रम उद्घाटन गरेका छन् । उनले विद्यार्थीको प्रतिभा देखाउने एउटा उत्सवका रुपमा साँस्कृतिक कार्यक्रम भएको बताए । कार्यक्रममा मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्की, प्याव्सन झापा अध्यक्ष गौरीमान फागो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साँस्कृतिक कार्यक्रमको उद्घाटन सत्रमा प्याब्सन मेचीनगरले पूर्वाञ्चल स्कूलका संस्थापक लीलामणि राईलाई सम्मान गरेको छ । प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यक्रम माथी प्रकाश पार्दै अतिथि स्वागत तथा सम्मान अध्यक्ष रुचालले नै गरेका थिए ।