मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पन्द्रवटै वडामा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ ।

सोमबारदेखि सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिदैं मंगलबार पनि मेचीनगर ५, ६, ७ र ८ नं वडामा वितरण गरेको हो ।
मेचीनगर ५ मा अव्यवस्थित बसोबास १५१,भूमिहिन सुकुम्बासी १०१ र भूमिहिन दलित ८ गरी जम्मा २६० जना, मेचीनगर ६ मा अव्यवस्थित बसोबास २०७, भूमिहिन सुकुम्बासी २१९ र भूमिहिन दलित २१ गरी जम्मा ४४७ जना, मेचीनगर ७ मा अव्यवस्थित बसोबास २३०, भूमिहिन सुकुम्बासी २४५ र भूमिहिन दलित १३ गरी जम्मा ४८८ जना र मेचीनगर ८ मा अव्यवस्थित बसोबास १०९, भूमिहिन सुकुम्बासी १९८ र भूमिहिन दलित ४९ गरी जम्मा ३५६ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ ।

भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम यस नगरपालिकाबाट संङकलित भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीको विवरणको निस्सा वितरण कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक ह्दय राजबंशी, कार्यपालिका सदस्य तथा मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बु, कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार संयोजक चित्र धिमाल, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, वडाध्यक्ष क्रमश मेचीनगर ५, ६, ७ र ८ कनक कार्की, ललितबहादुर तामाङ, प्रल्हादमणी ओली र गिरीराज धमला, वडा सदस्य कुन्दन निरौला, विष्णु भट्टराई, कविता मिजार, मनकुमारी गिरीलगायत कर्मचारीको उपस्थितिमा जग्गाको निस्सा वितरण गरिएको थियो ।

मंसिर २९ गतेसम्म सञ्चालन हुने जग्गाको निस्सा वितरण अभियानमा मेचीनगरका पन्द्रवटै वडाबाट अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् ।

बुधबार मेचीनगर ९, १०, ११ र १२ नं वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिने कार्यक्रम रहेको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ ।

