संघ \संस्था

रोटरी क्लब अफ मेचीनगर: अध्यक्षमा कोइराला र सचिवमा निरौला चयन

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको अध्यक्षमा कमल प्रसाद कोइराला र सचिवमा आयुष्मान निरौलाको चयन भएका छन् । क्लबको शनिबार सम्पन्न चौथो एसेम्बली तथा बार्षिक साधारण सभाबाट आगामी रोटरी वर्ष २०२४ २५ को लागि अध्यक्षमा कोइराला र सचिवमा निरौलाको चयन भएका हुन् ।

कालिका सिमसारमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष कमल प्रसाद कोइरालाले गरेका थिए । कार्यक्रममा रोटरी जोन ४३ का एसिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाईँको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा चार्टर प्रेसिडेन्ट कपिल क्षेत्री, निवर्तमान अध्यक्ष अनन्त प्रकाश वस्ती, प्रेसिडेन्ट नोमिनी शर्मिला पाठकको समेतको आतिथ्यता रहेको थियो ।