संघ \संस्था

मेचीनरगका आर्यन राष्ट्रिय जुनियर जेसीजको संयोजकमा मनोनीत

मेचीनगर । नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय जुनियर जेसीज संयोजकमा जुनियर जेसी आर्यन पौडेल मनोनीत भएका छन् ।

बुधबार नेपाल जेसीजले पौडेललाई एक पत्र जारी गर्दै कुशल नेतृत्व तथा सबल ब्यक्तित्व बिकासमा योगदान पुर्याएको जेसीज बर्ष २०२४ लाई थप उचाईमा राख्ने अपेक्षासहित राष्ट्रिय जुनियर जेसीज संयोजकमा मनोनीत गरिएको पत्र उल्लेख गरिएको छ।

पौडेल धुलाबारी जुनियर जेसीज वर्ष २०२३ का अध्यक्ष हुन् ।

त्यसैगरी, जुनियर जेसीजको अन्य मनोनयनमा राष्ट्रिय जुनियर जेसीज क्षेत्र “क” संयोजकमा जेसी रिकेश भण्डारी,क्षेत्र “ख” संयोजकमा जेसी सन्दर्भ खनाल,क्षेत्र “ग” संयोजकमा जेसी अन्जली नकर्मी ,क्षेत्र “घ” संयोजकमा जेसी स्नेहा शर्मा र एकाडेमी संयोजकमा जेसी नबिन अधिकारी मनोनीत भएका छन् ।