बाहुण्डाँगी । सन १९७४ मा स्थापित नेपाल जेसीजको ससक्त शाखा बुटवल जेसीजमा प्रबेश गर्न इच्छुक युवा हरुलाई पुर्व परिचयात्मक तालिम सम्पन्न गरेको छ ।बुटबल जेसीजले यहि असार २ गते देखि ८ गते सम्म नयाँ सदस्य बन्न इच्छुक मोसफलका युवाहरुका लागी आबेदन माग गरेको थियो। नयाँ सदस्य थप गर्ने आफ्नो बिधान अनुरुप बुटवल जेसीजले उक्त तालिम आयोजना गरेको बुटवल जेसीजका ग्रोथ चेयर म्यान रबिन कार्किले बताउनु भयो।

बुटवल जेसीजका अध्यक्ष चन्द्रमणी भुसालको अध्यक्षता तथा निरुपित नेपाल जेसीजका उपाध्यक्ष सन्दिप अग्रहरिको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको थियो ।

बुटवल जेसीज सल्लाहकार तथा पुर्व अध्यक्ष सिनेटर राजु पौडेलको प्रमुख प्रशिक्षकत्वमा सम्पन्न तालिममा बुटवल जेसीजका १२ जना पुर्व अध्यक्ष ज्यूहरुले आफ्ना जेसीज अभियानका अनुभव सुनाउदै नयाँ सदस्य बन्न इच्छुक युवा हरुलाई उत्प्रेरित गर्नु भएको थियो ।

तालिममा सहभागी हरुलाई अध्यक्ष चन्द्रमणी भुसालले बुटवल जेसीजको आफ्नो ५०औं बर्षगाठको उपलक्ष्यमा आगामी बर्ष २०२३ मा नेपाल जेसीजको राष्ट्रिय महाधिबेसन सम्पन्न गर्ने लक्ष्यका साथ नयाँ सदस्य थप्न लागेको जानकारी गराउदै बुटवल जेसीजको विधि बिधान अनुसार सदस्य छनोट प्रकृया अगाडि बढ्ने बताउनु भएको थियो।


