बाहुण्डाँगी । जेसीज सप्ताहको छैठौ कार्यक्रम अन्तरगत इमाडोल जेसीज बर्ष २०२२ ले एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई ब्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । विभिन्न बिधालयहरुबाट २०७८ को एसइइ सकेर बसेका सहभागी युवतीहरुलाई उक्त प्रशिश्रण प्रदान गरिएको हो ।

उनीहरुलाई इमाडोल जेसीज बर्ष २०२२ की अध्यक्ष इच्छा गुरुङले प्रशिक्षण प्रदान गर्नु भएको थियो । कुनै पनि क्षेत्रमा अगाडी बढ्न हरेकको ब्यक्तित्वले महत्वपुर्ण भुमिका खेल्ने बताउदै अध्यक्ष इच्छा गुरुङले समय अनुसार ब्यक्तिले आफुलाई अपडेट राख्न सक्नुपर्ने बताउदै एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई सफल भविस्यको शुभकामना दिनुभएको थियो ।

एसइइ सकेर बसेका युवतीहरुका ब्यक्तित्व बिकास तथा अन्तर निहीत क्षमता बिकास र करिअरको लागि अवसर प्रदान गर्न एसइइ स्टार प्रतियोगिता भवानी इन्टरटेन्टमेन्टले आयोजना गर्दे आइरहेको संस्थाका अध्यक्ष सोनीतराज ढुंगेलले बताउनु भयो । यस बर्षको एसइइ स्टार सिजन ४को गान्ड फिनाले म्युजिक सिटी बालकुमारी ललितपुरमा असार २६ गते हुने संस्थाका अध्यक्ष ढुंगेलले बताउनु भयो ।


