झापा । झापाको भद्रपुर नगरपालिकामा पशु स्वास्थ्य परिक्षण नमुना संकलन तथा निःशुल्क खोप र औषधि वितरण गरिएको छ ।

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको आयोजनामा भद्रपुर ५ स्थित गौशालामा रहेका १३० वटा गाईको स्वास्थ्य परिक्षण नमुना संकलन तथा निःशुल्क खोप र औषधि वितरण गरिएको हो । संस्थाले ३० हजार बढीको पशु औषधि उपलब्ध गराएको हो ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर र नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नं १ को सम्योजन रहेको कार्यक्रममा कान्तिपुर भेट डिस्टिव्युटर, एशियन फर्मा सिलिकल प्रा.लि, मेडिलिङ्ग इन्टरनेसनल, वल्डबायोटेक प्रा.लि र लाइभ केयर फर्मा सिटिकलले सहयोगी संस्थाको रुपमा सहकार्य गरेका थिए ।

कार्यक्रममा नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नं १ का अध्यक्ष संजय यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सिताराम यादव, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखा अध्यक्ष महेशलाल मेचे, कोषध्यक्ष भुवन सिंह कार्की, सदस्यखगेन्द्र रिमाल र टंक पौड्याललगायतको सहभागीता रहेको नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखा सचिव डेनु मगरले जानकारी दिए ।

