बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले यसै वर्ष मात्र स्थापना गरेको जेसीज गाउँका विद्यार्थीहलाई अध्यपानमा कुनै असहज नहोस भन्ने उदेश्यले सोमवार शैक्षिक सामाग्री वितरण गरिएको छ । कोरोनका कारण सबै विद्यालय बन्द भएपछि घरमै रहेका यस गाउँका बच्चाहरुलाई केही हदसम्म पढाइमा सहज होस भन्ने उदेश्यले यहाँका १६ जना विद्यार्थीहरुलाई कपि कलम र किताव हस्तान्तरण गरिएको शाखाकी अध्यक्ष बिसिका श्रेष्ठले बताउनु भयो ।

जेसीजले स्थापना गरेको जेसीज गाउँको अवधारण अनुसार त्यहाँको शिक्षा, स्वास्थ्य, खाद्यन्न, यातायातलगायत अत्यावश्यक क्षेत्रलाई सुधार गर्दै सम्बन्धित क्षेत्रसँग समन्वय गरेर गाउँ निर्माण गर्नु पर्ने छ । सोही अनुसार शाखाले यस अघि खाद्यन्न, स्वास्थ्य सामाग्री वितरणलगायतका कार्यहरु सम्पन्न गरिसकेको छ ।


