खेलकुद

स्व.पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिताः काँकरभिट्टा र होक्से फाइनलमा

मेचीनगर । काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब नकलबन्दामा जारी प्रथम स्व पवनकुमार खड्काको स्मृतिमा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलबाट विजयी हुँदै काँकरभिट्टा र होक्से उपाधी नजिक पुगेको हो । त्यस्तै तुर्केनी फुटबल क्लब र जोरसिमल फुटबल क्लबको भने सेमिफाइनलबाटै पराजित हुँदै उपाधि होडबाट बाहिरिएका छन् ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा काँकरभिट्टा एफटिसीले जोरसिमल फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । जोरसिमलका लागि अरुन मेचेले ३२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा अग्रता लिए पनि जोरसिमलका गोलकिप्पर युवराज पुरीले २८ औँ र ३५ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिनु परेको थियो । ६ खेलाडीमा सीमित जोरसिमलले त्यसपछि लगातार ४ गोल खाएको थियो । काँकरभिट्टाका लागि रोमन भुजेल र दिवस उराँवले २–२ गरेका थिए । रोमन भुजेलले ३९ औँ र ५८ औँ मिनेटमा गोल गरे भने दिवस उराँवले ४२ आँै र ४९ औँ गोल गरे । खेलको म्यान अफ द म्याच दिवस उराँव घोषित भएसँगै नगद १ हजार र ट्रफी हात पारे ।

दोश्रो खेलमा तुर्केनी फुटबल क्लबलाई १ का विरुद्ध २ गोल गर्दै होक्से युथ क्लबले कठिन जीत हात पारेको छ । होक्सेका लागि सागर रसाइलीले २ गोल गरेका थिए । सागरले खेलको ४४ आँै र ४७ औँ मिनेटमा गोल गरेका थिए । तुर्केनीकका लागि जसु लिम्बूले ४१ औँ मिनेटमा गोल गरेपनि टिमको हार टार्न सकेनन् । तुर्केनीका रमेश क्षेत्रीले ३३ औँ मिनेटमा गरेको प्रहार पोष्ट भन्दा केही माथिबाट बाहिरियो । ४३ औँ मिनेटमा होक्सेका पुजन थापाको प्रहार बारमा लागेर फर्केको थियो । खेलको म्यान अफ द म्याच होक्सेका सागर रसाइलीले नगद १ हजार तथा ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार काँकरभिट्टा फुटबल टे«निङ र होक्से युथ क्लबबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।