संघ \संस्था

इतिहास रच्दै चारआली जेसिज, प्राप्त गर्यो शतप्रतिशत कार्यक्षमता अवार्ड

मेचीनगर । चारआली जेसिजले पछिल्लो समय आफ्नो कार्यक्रमलाई तिब्रता दिइरहेको छ । त्यसको फलस्वरूप
चारआली जेसिजले शतप्रतिशत कार्यक्षमता अवार्ड नेपाल जेसिजबाट प्राप्त गरेकोछ ।

नेपाल जेसिजले दिएको टास्कमा रहेर एक महिना शाखाले गरेको कार्यसम्पादको मुल्यांकनको आधारमा चारआलि जेसिजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । जनवरी देखिनै प्राप्त गर्दै यसपालि चारआली जेसिजले इतिहास रचेको छ ।

सम्पुर्ण बोर्डका पधाधिकारी, संथापक र पुर्व अध्यक्षहरूको अथक मेहनतको फल स्वरूप आफुहरूले उत्कृष्ट अवार्ड प्राप्त गरेको चारआली जेसिजका अध्यक्ष भोजराज पाराजुली बताउँछन् ।

उनका अनुसार यो अवार्ड नेपाल जेसिजले चितवनमा चैत्र २३ र २४ हुने कार्यक्रममा प्रदान गरिने छ ।