राजनीति

एमालेका पुराना कार्यकता सम्मानित

मेचीनगर। बिगत लामो समयदेखि नेकपा एमालेमा रहेर आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने २ जना अग्रज कार्यकर्तालाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।

एमाले मेचीनगर ८ वडा कमिटीद्वारा आयोजित दोस्रो मेचीनगर कमिटी अधिवेशनको लागि प्रतिनिधि छनोट कार्यक्रममा वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले पार्टीमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै ताकेन्द्र तामाङ र हेम बहादुर कार्कीलाई सम्मान गरेका हुन् ।

पार्टीको जिम्मेवारीमा रहदा होस् वा पदविहिन हुँदा निरन्तर संगठनलाई माया, साथ र चासो दिने अग्रज दुई जनालाई सम्मानित गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । उनले वडाको तीन कार्यकाल सफलतापुर्बक निर्वाह गर्दा उनीहरूले हरदम साथ र सुवेक्षा प्रदान गरेको बताए । साथै पार्टीमा निस्वार्थ काम गर्नेलाई सम्मान गर्ने संस्कारको बिकासका लागि पनि आफुले दोसल्ला ओढाएर सम्मान गरिएको जनाए ।

कार्यक्रममा वडाबाट नगर अधिबेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरि पठाइएको आयोजकले जनाएको छ।

वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको प्रतिनिधि छनोट कार्यक्रममा जिल्ला कमिटी सदस्य सुवास मिजारको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै एमाले नेतृ मनकुमारी गिरी, सम्मानित व्यक्तित्व तामाङ, कार्की र दिपेन्द्र रिजाललगायतको आतिथ्यता रहेको थियो ।

साथै सोही कार्यक्रम पश्चात् वड कमिटी अध्यक्ष बिष्णु भट्टराईले आफू नगर कमिटीमा जान चाहेको बताउँदै वडा कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव मिलन विश्वकर्मालाई हस्तान्तरण गरे ।

उपसचिव गणेश कार्कीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव मिलन विश्वकर्माले गरेका थिए ।