संघ \संस्था

काँकरभिट्टा खानेपानी : प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवार घरदैलोमा व्यस्त

मेचीनगर । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । आज पाँचौं दिनको घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि उत्साहका साथ मतदाताहरुले निरन्तर पहिलो दिनदेखि नै शुभकामना दिँदै मतदान गर्ने बताएको प्रगतिशील समाजवादी संयुक्त प्यानलका निर्वाचन परिचालन तथा Read More…

समाचार

झापा प्रहरीद्वारा विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजना सार्वजनिक

झापा । झापा प्रहरीले बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न बिर्तामोड-४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन Read More…

समाचार

पौडी खेल्दा डुवेको छोरालाई बचाउँन खोज्दा बुवाको गयो ज्यान

मेचीनगर । पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना Read More…

खेलकुद

केएफटिसीद्वारा एन्फामा छनोट भएका तीन खेलाडीको विदाइ

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले एन्फाद्वारा छनोट भएका अन्डर १३ मा परेका तीनजना खेलाडीलाई सम्मानसहित विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन बुढाथोकीलाई काँकरभिट्टा खेल मैदानमा आज एक कार्यक्रमको आयोजना गरी विदाइ गरिएको हो । ट्रेनिङ सेन्टरका अध्यक्ष मीनकुमार बस्नेतको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा झापा Read More…

शिक्षा

गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला

मेचीनगर । गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला हुने भएको छ । अत्याधिक गर्मी बढेसंगै मेचीननगर क्षेत्रका सबै विद्यालय सूचना जारी गर्दै आज सोमबार बिदा दिइएको थियो । तर, राति पानी परेसंगै नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ ।  नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी Read More…

संघ \संस्था

मेचीनगर ८ वडा कार्यालयको दुईदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ ले दुईदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । वडा कार्यालयले वडाका जनप्रतिनिधि र कर्मचारीहरूलाई झापा र इलामका विभिन्न पालिका तथा वडा कार्यालय भ्रमण गराएको हो । अन्य पालिका र वडामा गरिएका राम्रो प्रयासलाई अवलम्बन गर्न तथा दुई कार्यालय बिच बिगतदेखि नै भईरहेका कार्य अनुभव साटासाट गर्न Read More…

शिक्षा

अत्याधिक गर्मी बढेपछि मेचीनगरका विद्यालय बन्द

मेचीनगर  । अत्याधिक गर्मी बढेको कारण पठन पाठनमा असहज अवस्था आएको भन्दै भोलि सोमबार मेचीनगरका सबै विद्यालयहरु बिदा दिइएको छ । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीद्वारा आज फेसबुकमा एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिनु भएको हो । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको Read More…

स्वास्थ्य

स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा

मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरमा ३ सय २५ जनाले स्वास्थ्य जाँच गराएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्थाका रूपमा रहेका Read More…

राजनीति

एमाले मेचीनगर: उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए । उपाध्यक्षका उम्मेदवार डेनु मगरले १६८, Read More…

खेलकुद

सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन मानेन

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।  बुधबार  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ। अमेरिकी दूतावासले सन् २०१९ Read More…