संघ \संस्था

दुर्घटना रोक्न झापामा समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम

झापा । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो । पूर्वको काँकडभिट्टादेखि पश्चिममा मावाखोलासम्मको एक सय ४४ किलोमिटर राजमार्ग क्षेत्रमा विभिन्न ठाउँमा हेल्प डेस्क र जाँच चौकी खडा गरी Read More…

संघ \संस्था

मेचीनगर–४ : आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ । नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर ४ को सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अर्जुन कार्कीले भविष्यको सम्भावना बोकेका बालबालिकालाई समयसँगसँगै चल्नुपर्नेतर्फ सचेत गराउँदै अमूल्य जीवनको Read More…

धर्म संस्कृती

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय Read More…

समाचार

झापाकाे दमकमा एक छात्रामाथि गाेली प्रहार, आइसीयुमा उपचार हुँदै

झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।  दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक- ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो Read More…

खेलकुद

दोस्रो झापा प्रिमियर लिग बैशाख २९ गतेदेखि

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जिल्लास्तरीय महिला क्रिकेट प्रिमीयर लिग हुने भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा यहीँ वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको हो । बिगत तीन दशक अघिदेखि मोफसलमा क्रिकेट खेलको प्रवर्द्धन गर्दै आएको मिलन क्रिकेट क्लब मेचीनगरले यसअघि नै पूर्वबाट राष्ट्रिय टिममा समेत उल्लेख्य Read More…

संघ \संस्था

गजलसंगै झुम्यो मेचीनगर

मेचीनगर । बुधबार साँझ मेचीनगर– ७ स्थित जोरसिमल क्षेत्र एका –एक रंगीन बन्यो, भाषा साहित्य र कलाका दिग्गजहरुको उपस्थितिमा प्रेम अनि वेदनाका स्वरहरु गुञ्जीए । उपस्थित सबै भाबुन बनेका थिए । वावा भन्नेहरुको पनि कमि थिएन । मेचीनगर – ८ स्थित प्रतिभा युवा परिवारले मेचीनगरमा पहिलो पटक कवि तथा साहित्यकारहरुलाई जमघट गराएर ‘गजल साँझा’ कार्यक्रम Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीको साधारण सभामा सामाजिक ब्यक्तित्व कोइराला र आचार्य सम्मानित

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले जलवायु परिवर्तका कारण पानीका श्रोतहरु सुक्दै गएकोले भरपर्दाे र दिगो पानीको श्रोत खोजीगरी सिंगो मेचीनगरवासीलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्न जरुरी रहेको बताए । उनले Read More…

समाचार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

झापा । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति र उनीहरूको हक, Read More…