संघ \संस्था

खानेपानी सहजताका लागि ट्युबवेल वितरण

मेचीनगर । मेचीनगर ८ मा खानेपानी व्यवस्थापनका लागि स्थानियलाई पानी तान्ने कल (ट्युबवेल) वितरण गरिएको छ । मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार संयोजक चित्र धिमालको पहलमा मेचीनगर ८ स्थित निन्दाबान टोलका राजु पोख्रेल छविलाल राजवंशी र रञ्जित राजवंशीलाई खानेपानी सहजताका लागि एक एक थान कल वितरण गरिएको हो ।

जनतालाई सहजरूपमा खानेपानी उपलब्ध गराउने दायित्व स्थानीय सरकारको पनि रहेको बताउँदै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आवश्यकताको आधारमा मजदुरी गरि खाने परिवारलाई अहिले कल वितरण गरिएको बताए । उनले समग्र नगरभरि नै शुद्ध खानेपानी उपलब्ध गराउने उदेश्य अनुरूप नगरभित्र रहेका साना तथा ठुला खानेपानी संस्थासंग सहकार्य गरि पानीको पहुँच सबैमाझ पुर्याउने कार्य अगाडि बढिरहेको बताए ।

नगरपालिकाले निःशुल्क ट्युबवेल प्रदान गरेसंगै बिगत लामो समयदेखि पानीको समस्या झेलिरहेकाे आफ्नो समस्या समाधान भएको राजु पोख्रेल छविलाल राजवंशी र रञ्जित राजवंशीको भनाइ छ ।