काठमाण्डौं, भाद्र १३ । भक्तपुरको चाँगुनारायणमा गाई मारेको अभियोग एक जना पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहेका छन् । मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये १ वटा गाईलाई बिहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गर्दा मारेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पुरीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

