समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौं, भाद्र १४ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी हुन्। उनी प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्किएकी छन्।
निजी चिकित्सक डा.शाहले भनिन्, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार भइरहेको छ ।
सात÷आठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने बताइन् । प्रधानमन्त्री ओलीको उपचार सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published.