खेलकुद

समितिले विविध कार्यक्रम गरी मनायो राखेपको बार्षिक उत्सव

झापा, भाद्र १३ । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । समितिले कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेको थियो ।

सरसफाई कार्यक्रम पश्चात समितिका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा समितिको कार्यालय परिसरमा विशेष कार्यक्रम गरिएको थियो ।
त्यसक्रममा प्रमुख अतिथि थापा, समितिका कोषाध्यक्ष धर्मराज सिवाकोटी, पत्रकार मोहन काजी, कराते प्रशिक्षक कालु मेचे, खेलकुद कर्मचारी संघ झापाका सचिव बिष्णु नेम्बाङले शुभकामना व्यक्त गरे ।
सो अवसरमा लेखापाल देविकुमारी न्यौपाने कार्की, कराते टेक्निकल कमिटि झापा अध्यक्ष कृष्ण बस्नेत, खेलकुद कर्मचारी संघ केन्द्रीय सदस्य सदस्य हरिबहादुर भुजेल, जिल्ला अध्यक्ष हेमा थापा, मेची रंगशाला निर्माण तथा मर्मत उपभोक्ता समिति अध्यक्ष गंगाबहादुर खड्कालगायतको आतिथ्यता थियो ।

सोही कार्यक्रममा समितिले खेलकुद समितिमा कार्यारत कर्मचारीलाई ट्राकसुट प्रदान गरेका थिए ।
समितीका उपाध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को अध्यक्षतामा आयोजित सो कार्यक्रममा सञ्चालन कार्यालय प्रमुख टहलदाश मैनालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.