काठमाण्डौं भाद्र १५ । महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खान्छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिकाको अघिल्लो दिन अर्थात् दर खाने प्रचलन छ ।
दर खाने चलन हरितालिका मनाउने बेलादेखि नै भएको हो । धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ ।
धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ । पञ्चाङग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा।डा। माधव भट्टराई भन्छन् –‘‘तीजको व्रत निराहर बस्ने भएकाले अघिल्लो दिन दरको रुपमा अडिलो खानेकुरा खाने चलन हो । व्रत बस्नेले अघिल्लो दिन माछामासु खानुहुन्न तर हाम्रोमा विकृति छ ।’’ उनका अनुसार व्रतको अघिल्लो दिन मासु खाने गरिन्न ।

