मेचीनगर । मेचीनगर नगरपालिकाको नगरप्रहरीको सक्रियता बढ्न थालेको छ । नगर प्रहरीले मेचीनगर–१३ चारआलीस्थित छेउको मेची राजमार्गमा रहेका व्यापारीलाई हटाएको छ । मेची राजमार्गमा रहेका सडकका व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रूपमा सचेत गराएको छ अटेर गरे कानुनी कार्वाही अगाडि बढाउने जनाइएको छ ।
चारआलीको छेउमा रहेको मेची राजमार्गका व्यवसायीहरू मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मेचीनगर नगर प्रहरी टोली र स्थानीय जनप्रतिनिधिले हटाएका हुन् ।
‘हामीले बुधबारबाट सडक हडपेर राखेको व्यवसाय हटाउन थालेका छौं, यो पुरै नगरभरी हटाउँछौं । अन्तर्राष्ट्रिय परियोजना अन्तर्गत एसियन हाइवे निर्माण सुरु भएलगत्तै सडक फराकिलो बनाउन सबैलाई हटाउन सुरु गरिएको छ । ‘कोही व्यक्तिले आफ्नो सुविधाको लागि सार्वजनिक स्थान ओगट्न मिल्दैन,’ एक नगर प्रहरीले भने । बुधबार ५० भन्दा धेरै सडकमा रहेको पसल हटाएको छ । नगर प्रहरीे घुम्ती टिकट काउन्टरहरु हटाइएको छ ।
आगामी दिनमा एसियन हाइवे निर्माण हुने भएकाले उक्त सडकबाट व्यवसाय हटाउन समेत व्यवसायीलाई आह्वान गरेका गरिएको छ । मेचीनगर नगर प्रहरीका अनुसार फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गरेकाले भाडामा पसल खोलेर बस्ने व्यापारीलाई नकारात्मक असर सृजना गरिएको जनगुनासो आएको थियो । मेचीनगर नगर प्रहरीले व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रण गर्ने बताएको छ ।

