मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आज उपाधिका लागि चौथो खुदुनाबारी गोल्डकपको फाइनल खेल खेल्दै छ ।
अर्जुनधारा ३ खुदुनाबारी स्थित कैदले प्राकृतिक रंगशालामा जारी गोल्डकपमा मेचीनगरले आज उपाधिका लागि शिवसताक्षी नगरपालिकासंग प्रतिष्पर्धा गर्दै छ ।
गोल्डकपमा तहल्का मच्चाई रहेको मेचीनगर उच्च मनोबलका साथ उपाधि आफ्नो पोल्टामा पार्न मैदान उत्रने छ । यता शिवसताक्षी पनि प्रतियोगिताको लयमा नै रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।
त्यस्तै प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।
फाइनल खेल दिउँसो २ बजे सुरु हुने गोल्डकपको समापन समारोह भने मध्यन्ह १२ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

