काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी यात्र सुरूवात गरेको छ । आज भएको खेलमा लगातार दोस्रो हारबाट तनावमा रहेको विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको हो ।
१९२ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी रहँदै १९३ रन बनाएर हारको श्रृंखला रोकेको छ।

विराटनगरका ब्याट्सम्यान लोकेश बमले सम्हालिएर इंगिङ खेलेका थिए। ४७ बलमा ७१ रन बनाएर उनी आउट भएका थिए। लक्ष्य भेट्टाउन मैदानमा उत्रिएको विराटनगरका लागि बसिर अहमदले ४० रनको योगदान गरे।
मार्टिन गुप्टिलले २८ रन बनाए।प्रतिश जिशि ६, राजेश पुलामी ४ , कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए। क्रिश शोलले अन्तिम ओभरमा ४ बलमा १४ रन बनाएर इनिङको समाप्ति गरे भने दिपक बोहरा ८ बलमा ९ रन बनाएर अविजित रहे। निकोलस किर्तनलाई बोल्ड गर्दै शून्यमै पेभेलियन फशर्किए।

