मेचीनगर । हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा मंगलबारबाट सुरु भएको छ ।
मेचीनगर १२ चारआलीमा आयोजित पहिलो क्षेत्रगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा क्षेत्रका साखाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले सदस्यहरुलाई ठग्छ र भाग्छ भन्ने आशंका मनबाट सँधैको लागि हटाउन आग्रह गरे । “सदस्यबाट संकलन गरेको भन्दा बढी रकम सदस्यलाई नै लगानी गरेको संस्था नत बन्द हुनसक्छ नत सञ्चालक भाग्न सक्छ,” उनले भने, “हामी त्यो उचाइमा छौं, सदस्यहरुलाई हाम्रो लगानी संकलित रकम भन्दा ५५ करोड भन्दा बढी छ ।” कोभिड पछि केही सहकारीमा समस्या आएको बताउँदै अध्यक्ष दंगालले सदस्यहरुलाई आस्वस्थ पार्दै भने हाम्रो नेपाल साकोस मजबुत छ, कुनै समस्या छैन, ढुक्क भएर कारोबार गर्नु होस ।”

उनले सहकारीले सञ्चालन गरेका बिभिन्न खाता र त्यसबाट प्राप्त हुने सेवा सुविधाका बारेमा समेत प्रकाश पारेका थिए । अध्यक्ष दंगालले एउटै सहकारीमा कारोबार गर्न समेत आग्रह गरे ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष दंगालले पछिल्लो समय सहकारीले आफ्नो क्षेत्र विस्तारलाई बढाउँदै लगेको बताए । २२ वटा पालिकामा ३१ वटा सेवा केन्द्र सञ्चालन रहेको तथा ३७ हजार ९६७ जना सेयर सदस्य, सेयर पुँजी १८ करोड ४० लाख ३० हजार १०० तथा निक्षेप १ अर्व ३५ करोड ९३ लाख रहेको तथा जोखिम कोष समेत करिव ५ करोडको रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख ।
सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक सरोज दाहालले गरेका थिए ।

