मेचीनगर । मेचीनगर नगरपालिकाका तीन वटा समिति तथा प्रतिष्ठानको कार्यालय मेचीनगर ८ स्थीत महिला सीप विकास तालिम केन्द्रको भवनमा स्थापना हुने भएको छ ।
नगरपालिकाद्वारा गठन भएका नगर खेलकुद विकास समिति, नगर युवा परिषद र मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यालय तालिम केन्द्रमा सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
नगर कार्यपालिकाको २०८१ मंसिर २२ गतेको बैठकको निर्णय अनुसार अब यी तीन समिति र प्रतिष्ठानको कार्यालय तालिम केन्द्रमा राखिने भएको हो । निर्माण सम्पन्न भई सञ्चालनको प्रक्रियामा रहेको महिला सीप विकास तालिम केन्द्र अब चाडैं सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

