झापा । साफ यु-२० महिला च्याम्पियनसिप २०२५ काे लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मीन बहादुर बस्नेतलनई गाेलकिपर प्रशिक्षकमा नियुक्ति गरेको छ ।
आगामी जुलाई ११ देखि २१ गतेसम्म बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप २०२५ का लागि एन्फाले नेपाली महिला टोलीलाई प्रशिक्षण गराउन गाेलकिपर प्रशिक्षकमा झापा मेचीनगरका बस्नेतलाई चयन गरेको हो ।
पुर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका बस्नेत नेपालको अनुभवी प्रशिक्षक हुन् । नेपाली फुटबल जगतमा गोलरक्षकको रुपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका उनलाई आज एन्फाका महासचिव किरण राईले आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

